
मुम्बई । अक्षयकुमार स्टारर ओ माई गड (ओएमजी) – २ ले बक्स अफिसमा सामान्य सुरुवात गरेको छ । हिन्दुस्तान टाइम्सको रिपोर्टअनुसार घरेलु बक्स अफिसमा चलचित्रले पहिलो दिन शुक्रबार ९.५० करोड भारु कमाएको हो ।
स्कानिल्क डटकमका अनुसार ओएमजी–२ ले हिन्दी अकुपेन्सीको ३७.५३ प्रतिशत ओगटेको थियो । यो चलचित्र ‘ओएमजी : ओ माई गड’ को दोस्रो संस्करण हो । पहिलो संस्करणमा परेस रावल र अक्षयकुमार मुख्य भूमिका थिए । ओएमजी–२ मा अक्षयसँगै पङ्कज त्रिपाठी र यामी गौतम मुख्य भूमिकामा छन् ।उता सन्नी देओल र अमिसा पटेल स्टारर गदर–२ ले भने बक्स अफिसमा धमाकेदार ओपनिङ गरेको छ ।
Facebook Comments Box