
काठमान्डौं / नेपाली काङ्ग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शर्मालाई आज पक्राउ गरेको हो ।
मोरङ क्षेत्र नम्बर ३ बाट गत मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा नेपाली काङ्ग्रेसबाट शर्मा निर्वाचित भएका थिए । शर्मा काठमाडौं मेडिकल कलेज र विराटनगरस्थित नोबल मेडिकल कलेजका सञ्चालक हुन् ।
शर्मालाई किन पक्राउ गरिएको भन्नेबारे खुलेको छैन । सांसद शर्माले केही दिनअघि प्रतिनिधि सभा बैठकमा सुन प्रकरण छानबिन गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा माग गरेका थिए ।एक अर्बको सुन तस्कर प्रकरणमा उनलाई पक्राउ गरिएको हुन् सक्ने आंकलन गरिँदै छ ।
Facebook Comments Box