neelambAd

बीरगन्ज। मधेस प्रदेशमा सबै भन्दा बढी विरामीको चाप हुने वीरगन्जको नारायणी अस्पतालमा उपचार गराउन आउने विरामीको संख्या ३४ प्रतिशतले वृद्धी भएको छ । अस्पतालमा उपचार सुविधा र शैया थपेपछि अघिलो वर्षको तुलनामा गत आवमा ६० हजार २ सय ९३ जना बढी विरामीले उपचार गराएका छन् ।

आर्थिक वर्ष २०७८÷०७९मा १ लाख ७६ हजार ८ सय ५६ जना विरामीले उपचार सेवा लिएको तुलनामा गत आवसमा उक्त संख्या २ लाख ३७ हजार १ सय ४९ पुगेको छ ।
अस्प्तालबाट प्रदान गरिने सेवाहरुलाई विस्तार गरेसंगै विरामीको संख्या बढदै गएको नारायणी अस्पतालका सुचना अधिकारी डा। उदयनारायण सिंहले बताउनु भयो । उहाँले विरामीको चाप बढदै गएपछि अस्पतालमा आइसियु, पिआइसियु, मेडिकल वार्डमा शैया थपिएको छ भने डाइलेसिस मेनिको संख्या वृद्धी गर्दै प्रयोगशाला स्तिार गरिएको बताउनुभयो । अस्पताल प्रशासनले विरामीका लागि सिटी स्केन, फार्मेसीसंगै विस्सिकृत सेवा विस्तार गरेपछि विरामीको संख्या बढ्दै गएको सुचना अधिकारी सिंहको गोप्य मिडिया लाई बताए ।

बारा, पर्सा, रौतहट, सर्लाही र सिमावती भारतीय सहरबाट आएका दैनिक एक हजार भन्दा बढी विरामीलाई नारायणी अस्पतालले उपचार सेवा प्रदान गर्दै आएको छ । नारायणी अस्पतालाई केन्द्रिय अस्पतालको रुपमा विकार गर्न संघ सरकारले ५ सय शैयाको अनुमति संगै अत्याधुनिक नयाँ अस्पताल भवन निर्माण गर्न तीन वर्ष अगाडी नै आवस्यक बजेट समेत विनियोज गरेपनि कानुनी अडचन र ठेक्दारको बदवासिले नया भवान निर्माण हुन नसक्दा महँगो मुल्य तिरी विरामी अन्यत्र उपचार गराउन बाध्य भएका छन् ।

Facebook Comments Box

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय