neelambAd

२३ साउन,वीरगञ्ज । नेकपा एमाले पर्साले विभिन्न माग राख्दै जिल्ला प्रशासन कार्यालय पर्सामा आज ज्ञापनपत्र बुझाएको छ । लामोसमयसम्म भएको सुक्खापनले अहिलेसम्म धान रोपाँई आधा मात्रै गर्न पाएको, सरकारले सिँचाईको उचित व्यावस्थापन नगरको भन्दै मधेसलाई सुक्खाक्षेत्र घोषणा गरी विशेष राहतको व्यावस्था गर्न माग गरेको छ ।

त्यस्तै अहिले मधेसमा चापाकलहरु सुक्दै गएको र पिउने पानीको हाहाकार भएको अवस्था रहेकोले पिउने पानीको उचित व्यावस्थापन गर्न तथा अघोषित लोडसेडिङले जनतालाई पर्न गरेको असुविधा प्रति पनि एमालेको ध्यानाकर्षण भएको भन्दै यसलाई शीघ्र समाधान गर्न माग गरेको छ ।साथै किसानले पालेका पशु चौपायामा लम्पी स्किनका कारण गाईभैंसी मरेर नोक्सान भएकोले सरकारले लम्पी स्कित रोग विरुद्धको भ्याक्सिन चाडो भन्दा चाडो उपलब्ध गराउन तथा किसानको मरेको पशुचौपायाको क्षतिपूर्तिको व्यावस्था गर्न समेत माग गरेको छ ।नेकपा एमाले पर्साका संयोजक डाक्टर विश्वम्भर शर्माको नेतृत्वमा गएको एक टोलिले ज्ञापनपत्र बुझाएको छ ।ज्ञापन पत्र बुझाउन जाँदा केही बेर जिल्ला प्रशासन कार्यालय परिसरमा प्रहरीले हस्तक्षेप समेत गरेको थियो ।

 

Facebook Comments Box

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय