neelambAd

वीरगन्ज,२२ साउन । सिडी रेसियो कामय नगर्ने तीन वटा बाणिज्य बैंकलाई राष्ट्र बैंकले कार्यवाही गरको छ । राष्ट्र बैंकले र्निधारण गरेको सिडी रेसियोको व्यवस्थालाई उलङ्घन गर्ने कुमारी बैंक, हिमालयन बैंक र प्राइम कमिर्सियल बैंकलाई कार्यवाही गरेको हो ।

सिडी रेसियो कायम नगरेका कुमारी बैंक र हिमालयन बैंकलाई राष्ट्र बैंकले नगद जरिवान गरेको छ भने प्राइम बैकलाई नसिहत दिइछाडेको छ । राष्ट्र बैंकले तोकेको ९० प्रतिशत कर्जा निक्षेप अनुसपात (सिडी रेसियो) कायम नगर्ने कुमारी बैक र हिमालयन बैंकलाई नगद जरिवाना गरेको छ भने, प्राइम बैकलाई चेतावनी दिएको हो ।

गत आर्थिक वर्षको अन्तिम त्रेमासिकमा कुमारी बैंकले नियामकीय व्यवस्था उलङ्घन गरेको भन्दै राष्ट्र बैंकले कुमारी बैंकलाई  ५९ लाख ६३ हजार  ६ सय ९४ रुपैया र  हिमालयन बैंकलाई १ करोड ३९ लाख ४७ हजार २८ रुपैया  नगद जरिवाना गरेको छ ।

राष्ट्र बैंकले बैंकहरुलाई जारी गरेको एकीकृत निर्र्र्देशिका २०७९को निर्देशन नं. २ बमोजिक कायम गर्ने  कर्जा नोक्सानी व्यवस्थापन कायम नगरेकाले कार्यवाही गरिएको राष्ट्र बैंकले जनाएको छ । त्यसै राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन विपरित प्रिमियम दर बढाई ब्याज असुल गरेका बैंकहरुलाई राष्ट्र बैंक ऐन २०२८को दफा १००को व्यवस्था अनुसार बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई चेतानी दिएको राष्ट्रि बैंकले जनाएको छ ।

Facebook Comments Box

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय