neelambAd

२२ श्रावण ,बारा : प्रहरीले १५७ किलो अबैध लागु औषध गाँजा सहित ७ जनालाई पक्राउ गरी सोमबार दिउँसो सार्वजनिक गरेको छ । गोप्य सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले आईतबार बेलुकी जितपुरसिमरा उपमहानरपालिका वडा नं.२२ अमलेखगजं स्थीत जंगलबाट गाँजा सहित मानिस पक्राउ गरेको हो ।गाँजा ओसार पसारमा प्रयोग भएका ३ वटा सवारी र ४ जना भारतीय सहित ७ जनालाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।बा ११ च ४९९२ नंबरको स्कायिपोबाट मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका १ बस्ने ३९ बर्षका रोशन नेगीले उक्त परिमाणको गाँजा ओसारेको पाईयो । स्कापियोमा ६ पोकामा १५७ केजी अबैध लागु औषध गाँजा सहित उनी पक्राउ परेका छन् ।

सो गाँजा लिएर आउनेमा मकवानपुर भिमफेदी गाउँपालिका वडा नं.९ का ३० बर्षिय मुकेश लामा, जितपुरसिमरा उपमहानगरपालिका वडा नं.२२ अमलेखगजंका ३३ बर्षिय बुद्ध पाख्रिन पनि पक्राउ परेका छन् ।यसैगरी गाँजा लिन आएको बिआर ०५ जि ८६५६ नंबरको भारतीय पिकअप एक र विआर ०५ एजेड ८९६१ नंबरको भारतीय पल्सर मोटरसाईकल एक सहित ४ जना भारतीय नागरिक समेत पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत मोतिहारीका २६ बर्षका अलि अहमद भाट, २३ बर्षका जमालुदिन खान, १८ बर्षका देव कुमार र ३५ बर्षका जागिरदिन मियाँ रहेका छन् ।पक्राउ परेका उपर आगु औधष सम्बन्धी मुद्दामा जिल्ला अदालत बाराबाट म्याद लिई थप अनुसन्धान भैरहेको बाराका प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले जानकारी दिनु भयो ।

Facebook Comments Box

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय