
२१ साउन, वीरगञ्ज
राउन्ड टेबल नेपाल द्वारा आज एक कार्यक्रम का बिच पोखरिया नगरपालिका मा गरेको चालिस हजार बोट्बिरुवा बृक्षारोपन नगरपालिका का मेयर प्रधुमन प्रसाद चौहान लाई हस्तान्तर गरेका छन । राउन्ड टेबल नेपाल को आयोजाना मा र पोखरिया नगरपालिका को सहयोगमा आज भएको एक कार्यक्रम का बिच सो रोपिएको बोट्बिरुवा लाई हस्तान्तरण गरिएको छ । पोखरिया नगरपालिका का मेयर प्रदुमन प्रसाद चौहान को अध्यक्षता मा भएको सो कार्यक्रममा प्रमुख अतिथि मधेस प्रदेश का वन तथा बाताबरण मन्त्री रमेश कुर्मी रहेका थिए । त्यस्तै विशिस्ट अतिथी का रुपमा पोखरीया नगरपालिका का उपमेयर रुबि ठाकुर रहेकी थिइन । त्यस्तै विशिष्ट अतिथि मा सबिधानसभा सदस्य राजेश्वर प्रसाद रौनियार , राउन्ड टेबल नेपाल का एसियन पेसिफिक रिजन का सौरभ केडिया ,४१ क्लब का मनोज दास रहेका थिए । आज भएको कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि मधेस प्रदेश का वन तथा बाताबरण मन्त्री रमेश कुर्मी ले अहिले को दिन मा मधेस प्रदेश मा सब भन्दा ठूलो समस्या पानी रहेको बताए । यसको प्रमुख कारण चुरे दोहन हुनु हो । सरक्षण को अभाव मा चुरे को वन जंगल विनास हुदै गएको । यसको प्रत्येक्ष असर मधेश प्रदेश को जिल्लाहरु मा परेको उनले बताए । राउन्ड टेबल नेपाल दस दिन मा एक लाख बृक्षा रोपन गर्ने जुन कार्यक्रम को आयोजना गरि एक लाख नब्बे हजार बृक्षा रोपन गरे को छ त्यो धेरै नै सर्हानिय रहेको बताए । सो कार्यक्रम मा स्वागत मन्तव्य राख्दै पोखरिया नगरपालिका का प्रशासकीय अधिकृत दिवेन्द्र सापकोटा ले अहिले को दिन मा पर्यावरण लाई जोगाउन चुनौती पुर्न रहेको बताए । यसलाई रोक्न हामी सबै को कर्तव्य रहेको बताए । आउने दिन मा स्थानीय निकाय र प्रदेश सरकार को सहयोग मा यसलाइ बचाउन मिलेर काम गर्नु पर्ने वहाँ ले बताए ।
त्यस्तै राउन्ड टेबल का केन्द्रिय अध्यक्ष राहुल गुप्ता ले पर्यावरण को सरक्षण एउटा पबित्र काम भएको बताए । अहिले को दिन मा राउन्ड टेबल नेपाल ले पर्यावरण लाई बचाउन बृक्षा रोपन कार्यलाइ सब भन्दा ठूलो कार्यभएको बताएदै यस लाई निरन्तरता दिने बताए । राउन्ड टेबल नेपाल को स्थापना दिवस को अवसर मा हामी ले १ लाख बृक्षा रोपन गर्ने अठोट गरेका थियो र हामी सफल समेत भएको उनले बताए । १ लाख बृक्षा रोपन गर्नु पर्ने मा १ लाख नब्बे हजार जति बृक्षा रोपन गरेको उनले बताए । यसका लागि आफ्नो टिम राउन्ड टेबल नेपाल का सदस्यहरु धन्यवाद समेत दिए। त्यस्तै पोखरिया नगरपालिका मा अहिले रोपिए का चालिस हजार बोट बिरुवा को सरक्षण गर्ने जिम्मा मेयर लगायत वडा अध्यक्ष ज्युहरु को भएको उनलए बताए । अहिले रोपिएका बोट बिरुवा को सरक्षण गर्ने का लागि नेपाल आर्मी , एपीएफ र नेपाल प्रहरी ले समेत सहयोग गर्ने उनले बताए । आज भएको कार्यक्रम मा प्रमुख अतिथी तथा विशिष्ट अतिथी लगायत अतिथिहरु लाई राउन्ड टेवल नेपाल का प्रो इन चिफ अकाश सरार्फ ले खादा ओढाइ स्वागत गरेका थिए । सो कार्यक्रम मा पोखरीया नगरपालिका का वडा अध्यक्षहरु , राउन्ड टेवल नेपाल का सम्पुर्ण टिम ,पोखरिया नगरपालिका का कर्मचारी लगायत स्थानियहरु को उल्लेखनिय उपस्थिति रहेको थियो ।