
२१ साउन, जनकपुरधाम । मलंगवाको एक विद्यालयमा बेवारिसे अवस्थामा एक युवकको शव फेला परेको छ ।मलंगवा नगरपालिका वडा नं. ९ स्थित श्रीमती कृष्णदेवी माध्यमिक विद्यालयमा पहिचान नखुलेका अन्दाजी २२ वर्षीय युवक मृत फेला परेका हुन् ।विद्यालय भवनको बरन्डामा आज बिहान स्थानीयले शवदेखेपछि प्रहरीलाई खबर गरेका थिए ।घटनास्थलमा पुगेर मुचुल्का गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ ।मृतकको शवमा कुनै प्रकारको घाउचोट नदेखिएको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपेन्द्र पजियार थारुले जानकारी दिए ।घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
Facebook Comments Box