neelambAd

पर्सा,१९ साउन ।
नेपालको आर्थिक राजधानी रहेको सिमावर्ती जिल्ला पर्सामा पछिलो समय महिला विरुद्ध हुने जघन्य अपराध मुद्दाको संख्यामा उलेख्य वृद्धी देखिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले अज एक पत्रकार संम्मेलन गरी उपलब्ध गारएको तथ्याँक अनुसार महिलाका विरुद्ध हुने यौन अपारधमा ४४ प्रतिशतले वृद्धी भएको देखिएको छ ।

आर्थिक वर्ष २०७८÷०७९को तुल्नामा आर्थिक वर्ष ०७९÷०८० मा जबरजस्ती कर्णीका १५ वटा बढी मुद्दा दर्ता भएका छन् । समिक्षा अवधिमा ३४ वटा जबरजस्ति कर्णी मुद्दा दर्ता भएको तुलनामा गत आवमा ४९ वटा मुद्दा दर्ता भएको छ । यो समिक्षा अवधिको तुलनामा ४४.११ प्रतिशत बढी हो ।

यसै विषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख कोमल शाहले अपराधिका विरुद्ध प्रहरीले भेदभाव रहित तौरले काम गरेकाले प्रहरीको काम कार्यवाही प्रति जनविश्वास वृद्धी भई मुर्दा दर्ता गराउन आउनेको संख्या बढी देखिएको दावी गर्नुभयो । लिभिन्ग टुगेदर चलना वृद्धी भएकाले मुद्दा दर्ता संख्या बढी देखिएको बातउनुभयो ।

बलात्कासर संगै महिला विरुद्ध हुने विभिन्न खाले अपरार मुद्दा दर्ताको संख्या समेत १३ प्रतिशतले बढेको छ ।आर्थिक वर्ष २०७८÷०७९मा महिला विरुद्ध हुने जजक उद्योग,बालयौन दुरुपयो, मानव वेचविखन अपराधमा ५५ वटामुद्दा दर्ता भएको तुलनामा गत आवमा उक्तसंख्या ६२ पुगेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय