neelambAd

बीरगन्ज । सुन तसकरीमा संलगन कसै लाई पनि न छाडिने अर्थ मन्त्री  डा.प्रकाश सरण महत ले दाबिरेका छन् । चर्चा परिचर्चाको बिषय बन्दै गएको सय किलो सुन तसकरी प्रकरणमा संलगन भएका जो कोहि लाई पनि कानुनि दायरा मा ल्याई छाडने ठोकुवा गरेका छन् ।
नेपाल प्रेस युनियन पर्साले आज बीरगन्जमा आयोजना गरेको पत्रकार संम्मेलनमा बोल्दै मन्त्री महतले बिपक्षी दलहरुले बिभिन्न आरोप प्रत्यारोप गरी अंनुसंधान प्रक्रिया लाई बाधा पु्यागने काम गरी रहेको आरोप लगाए ।
बीरगन्ज चिनी कारखाना संचानलको जिग्यासामा मन्त्री महतले दुई दशकदेखि बन्द रहेको वीरगन्ज चिनी कारखाना लगायतका रुगण उद्योगहरुलाई पुर्नसञ्चालनका लागि सरकारले सम्भाव्यता अध्ययन गरिरहेको जानकारी दिनुभयो।
पत्रकार सम्मेलनमा काँग्रेस केन्द्रिय सदस्य अजय चौरसिया, काँग्रेस पर्साका सभापति एंव प्रदेशसभा सदस्य जनार्दन सिंह क्षेत्री , प्रदेश सरकारका पूर्वमन्त्री ओम प्रकाश शर्मा , कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी , वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम , कांग्रेस नेताहरु राकेश सिंह , प्रकाश उपाध्याय , नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान लगायतकोपनि उपस्थिती थियो ।

Facebook Comments Box

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय