neelambAd

पर्सा,१८ असार । भारतबाट पछिलो समय वीरगन्ज नाका प्रयोग गरी कृत्रिम लागुऔषध भित्रीनेक्रम्म अत्याधिक रुपमा बढेको छ । नेपाल सरकारले विक्री वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको फेनारन, डाइजी ल्याप,नुर्फिन, लगायतका सुइजन्य लागुऔषध भित्रीनेक्रम्म २५ प्रतिशतले बढेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले उपलब्ध गराएको पछिलो तीन वर्षको तथ्याँकलाई हर्दा कृत्रिम आगुऔषध ओसारपसारमा संलगन व्यक्ति फक्राउ गर्ने पर्नेक्रम्म १ सय ३० प्रतिशतले र मुद्दा दर्ताको ंसंख्या ९९ प्रतिशतले वृद्धी भएको छ ।

आर्थिक वर्ष २०७७÷०७८मा २० हजार ९ सय २९ ऐम्पु सुइजन्य लागुऔषध बराद गर्दा त्यसमा संलगन १ सय ७१ जना व्यक्तिलाई पक्राउ गरी १ सय ३५ वटा मुद्दा दर्ता भएको तुलनामा चालु आर्थिक वर्षको ११ महिनामा २६ हजार १ सय ६१ एम्पुल कृत्रिम लागुऔषध बरामद गर्दा त्यसमा संलगन ३ सय ९४ जनामाथि २ सय ६९ वटा मुद्दा प्रहरीले दर्ता गरेको छ ।नेपाल–भारत बीच पर्सामा पर्ने १ सय ७ किलो मिटर खुल्ला सिमानाका कारण पारिबाट भित्रीने लागुऔषधलाई नियन्त्रण गर्न ठुलो चुनौति भएकोे प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिनुभयो । उहाँले सिमाक्षेत्रमा प्राय लागुऔषधको ठुलोपरिमाण सहित पक्राउ पर्नेमा सबै भन्दा बढी भारतीय नागरिक रहेको बताउनुभयो ।

सिमावर्ती भारतीय सहरमा कृत्रिम लागुऔषधको खुलेयाम विक्री वितरण र सहज उपलब्धताले नेपाल प्रहरीलाई आगुऔषध नियन्त्रणमा चुनौति थपेको छ । भारतबाट नेपाल भित्रीने लागुऔषध नियन्त्रणमा भारतीय प्रहरीले देखाएको उदासिन्ताले समस्यालाई थप बढाएको जानकारहरु बताउछ ।

Facebook Comments Box

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय