neelambAd

२६ वैशाख, काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान इस्लामावाद उच्च अदालत बाहिरबाट पक्राउ परेका छन् ।आफू जोडिएका दुईवटा मुद्दाको सुनुवाइका लागि अदालत पुगेका खानलाई प्रहरीले अल कादिर ट्रस्टसँग सम्बन्धित घटनालाई लिएर पक्राउ गरेको हो ।

इस्लामावाद प्रहरीका तर्फबाट महानिरीक्षक अकबर नासिर खानले विज्ञप्ति जारी गर्दै उनी पक्राउ परेको पुष्टि गरेका छन् । उनले भनेका छन्, ‘ पक्राउ पर्नु सामान्य हो।’इमरान खानको पार्टी पाकिस्तान तहरिक ए इन्साफ (पीटीआई) का नेता फवाद चौधरीले अदालत परिसरबाटै खान पक्राउ परेको बताएका छन् ।

‘पूर्व प्रधानमन्त्री इमरान खानलाई अदालत परिसरबाटै उठाइएको छ। वकिल र आम जनतालाई पीडा दियो।  इमरान खानलाई अज्ञात मानिसले अज्ञात लोकेशनमा लिएर गए। इस्लामावाद हाइकोर्टका मुख्‍य न्यायाधीशले गृह सचिव तथा आइजीलाई १५ मिनेटभित्र अदातमा पेश हुन आदेश दिएका छन्’ फारुकले लेखेका छन् । श्रोत WION

Facebook Comments Box

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय