

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगञ्जको शैक्षिक क्षेत्र मजबुत बनाउन कुनै कसर बाकि नराख्ने बताउनु भएको छ ।वीरगञ्ज महानगरपालिकाको आर्थिक सहयोग र आर्या एजुकेशनको आयोजनामा आजबाट सुरु २ महिने निशुल्क नर्सिङ तयारी कक्षाको उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो ।यसै शैक्षिक सत्रबाट ४ वटा सामुदायिक विद्यालयमा निशुल्क अंग्रेजी माद्यमको पठनपाठन सुरुवात गरेको भन्दै उहाँले आउँदा दिनमा आवश्यकता हेरि यो संख्या बढाउँदै लगिने बताउनु भयो ।
महानगरले यहाँका युवा दक्ष बनाउन विभिन्न किसिमका तालिम तथा तयारी कक्षाहरु संचालन गरिरहेको भन्दै युवा लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भयो ।एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै सुरु गरिएको २ महिने निशुल्क नर्सिङ तयारी कक्षामा सहभागिहरुलाई मेयर सिंहले ध्यान लगाएर अध्ययन गर्न आग्रह पनि गर्नु भयो ।आजदेखि सुरु २ महिने निशुल्क नर्सिङ तयारी कक्षामा ३५ जनाको सहभागिता रहेको छ ।


